काबुल विस्फोटः मृत्यु हुनेको संख्या ६० नाघ्यो

२७ बैशाख ७८, सोमबार
Share this
667shares

२७ वैशाख, एजेन्सी ।
शनिवार अफगानिस्तानको काबुलमा एक विद्यालय बाहिर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६० नाघेको छ।

Advertisement

विद्यार्थीहरु विद्यालयबाट बाहिर आउने क्रममा गराइएको विस्फोटमा अधिकांश छात्राहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सुन्नी इस्लामिस्ट विद्रोहीले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

अफगानिस्तान सरकारले तालिवान विद्रोहीमाथि शंका गरेपनि तालिवानले भने विस्फोटमा आफ्नो संलग्नता नरहेको बताइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top