क्लोई चाओ ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने पहिलो अश्वेत महिला

१३ बैशाख ७८, सोमबार
Share this
738shares

१३ वैशाख, विराटनगर ।

Advertisement

यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले हात पारेकी छन्।

क्लोई चाओ नोम्याडल्याण्ड फिल्मको लागि सर्वोत्कृष्ट निर्देशक अवार्ड जितेर सो विधामा अवार्ड जित्ने पहिलो अश्वेत महिला बनेकी छन्।

Advertisement

पुरस्कार पाएसँगै ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने उनी दोस्रो महिला बनेकी छन्।

अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गर्ने बताइन्।

Advertisement

यो दुनियाँमा मेरो जहाँ, जोसँग भेट भयो उनीहरूमा राम्रो कुरा पाएकी छु। यो अवार्ड तिनीहरूका लागि हो जो राम्रो हुनलाई प्रयत्न गर्छन् र जोसँग जति नै कठिनाइ भए पनि राम्रो बन्ने साहस छ।

यो अवार्ड मलाई प्रेरणा दिन तपाईंहरू सबैका लागि हो,’ उनले भनिन्। यसअघि सन् २०१० को ओस्कारमा हर्टलकर फिल्मका लागि क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top