२७ बैशाख, काठमाडौं । लगातार ३५ वर्षदेखि प्रमुख खाद्यान्न बालीको उत्पादन खुम्चिँदा परनिर्भरता बढ्दै गएको छ । नेपालीका प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापरको उत्पादनमा ह्रास हुँदै गएको हो । सबैभन्दा धेरै फापरको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ ।
२०५८ सालमा सम्पन्न कृषि गणनालाई आधार मान्दा २०७८ सालको कृषि गणनासम्म पुग्दा खाद्यान्न उत्पादनमा ३० प्रतिशतले ह्रास आउने अनुमान गर्न सरिएको छ ।
तत्कालीन नेपाल सरकारले प्रमुख खाद्यान्न बाली चामल निर्यात गर्न २०३५ सालमा धान चामल निर्यात कम्पनी स्थापना गरेको थियो । सोही कम्पनीले बंगलादेश, भुटान र भारतमा चामल निर्यात गर्दथ्यो ।
२०७८ सालसम्म पुग्दा हाल प्रतिमहीना २ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको तथ्यांक छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा भारतबाट ३० करोड र अमेरिकाबाट ७ लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ ।
त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४÷२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र ३ लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात भएको छ ।