गणतन्त्र दिवस मूलसमारोह समिति गठन

काठमाडौँ, ४ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ ।

गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगहरुमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूलसमारोह समितिमा कामु प्रधान न्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् ।

Advertisement

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखकको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।

Advertisement

बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचना, स्मारिका प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, शहीदहरुको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन बिहान ७ः३० बजे मूलसमारोह समितिका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने कार्यक्रम छ ।

यसैगरी जेठ १६ गते साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रमको आयोजना गरिने छ ।

गणतन्त्र दिवस जनस्तरबाटै मनाउन आवश्यक

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तरमै मनाउनुपर्नेमा जोड दिए ।

यो दिवसलाई सरकार र सरकारी कार्यक्रमको रुपमा नभइ जनताको कार्यक्रमको रुपमा हुनेगरी कार्यक्रमकोस्वरुप परिवर्तन गर्न उनले निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस मूलसमारोह समितिमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत समावेश गर्न आवश्यक रहेको भन्दै अर्को वर्षको दिवसका लागि आफूले पूर्व राजासँग समेत कुरा गर्ने बताए ।

उनले राजालाई विष्णुको अवतार भन्दै केहीले उचाल्ने काम गरेको भन्दै त्यस्ताको पछि नलाग्न पूर्व राजालाई सुझाव दिए ।

उनले भने, “जन्मसिद्ध श्रेष्ठता, कूल, घराना र वंशका आधारमा चलेको गणतन्त्र अवैज्ञानिक र आधारहिन छ, यो पाखण्डी विचार मात्रै होइन, पाखण्ड प्रणाली नै हो ।”

प्रधानमन्त्री ओलीले केही व्यक्तिले धर्म र राजतन्त्र जोडिएर पाखण्डी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुबाट सचेत हुनुपर्ने बताए ।
रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top