NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंकः प्रधानमन्त्री

सोमवार चैत्र ७ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ चैत्र, विराटनगर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

सोमबार २१ मार्चमा ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको उल्लेख गर्दै २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्र सङ्घको जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानूनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्धि तथा प्रतिज्ञापत्रहरूको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व भएको उल्लेख गरेका छन् ।

नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै उनले तदनुसार विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरू भएको बताएका छन् ।

आज मुलुकमा जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुर्व्यवहार गर्नेविरुद्ध कानुनी कारबाही हुनसक्ने स्थिति निर्माण भएको छ ।

यी कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । उनले आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरण गराएका छन् ।

विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो । आज दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण र सम्वर्द्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायहरूको व्यवस्था भइसकेको छ ।

दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेदलगायतका विभिन्न व्यवस्था गरिएको उनले अवगत गराएका छन् ।

प्रधानमन्त्री देउवाले यी कानुनी व्यवस्था तथा संरचनाहरूलाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पुर्‍याउने गरी कार्य गर्न सबैमा आग्रह गरेका छन् ।

उनले मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सबैलाई दिवसले अभिप्रेरणा दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.