नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, २१ वैशाख ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।

विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो ।

बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

Advertisement

पक्राउ परेका राउतलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए ।

एकहप्ता अघि पनि विप्लव माओबादी उदयपुरका जनसरकार प्रमुख जीतबहादुर पुलामी मगरलाई पनि प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top