बंगलादेश छात्रवृत्ति प्रकरणमा भएको के हो ? बोलिन् शिक्षामन्त्री सुमना

३१ बैशाख ८१, मंगलबार

१ जेठ , एजेन्सी ।
सरकारी छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनमा जान लागेका १० विद्यार्थीको नाम हटाइएको तथा उनीहरूका स्थानमा फर्जी नाम सार्वजनिक गरिएको पाइएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले प्रष्टिकरण दिएकी छन् । उनले बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३÷२४ मा प्राप्त चिकित्सा शिक्षा कोटाबारे गुनासोको विषयमा शिक्षा प्रेस विज्ञप्तिमार्फत प्रष्टिकरण दिएकी छन् ।

शैक्षिक वर्ष २०२३ ÷ २०२४ का लागि बंगलादेशमा अध्ययन गर्न मनोनयन भएका एमबीबीएस तर्फ १९ जना र बीडिएस तर्फ ३ जना गरी जम्मा २२ जना नेपाली विद्यार्थीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माघ १७ को पत्रद्वारा परराष्ट्र मन्त्रालयमा तोकिएका विषयमा तोकिएको संख्या बमोजिमको विद्यार्थीहरूको सम्पर्क विवरण सहितको नामावली सिफारिस गरी पठाइएको जानकारी दिएकी छन् ।

यस्तै शिक्षा मन्त्रालयको सिफारिस अनुसार २२ जना विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा सिफारिस भएका मध्ये एमबीबीएस तर्फ १० जना र बीडीएस तर्फ २ जनालाई मात्रै सो अवसर प्राप्त भएको भनी परराष्ट्र मन्त्रालयको मिति बैशाख २१ को पत्रद्वारा काठमाण्डौं स्थित बंगलादेश राजदूतावासको २ मे २०२४ को कूटनीतिक नोटसहितको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

गुनासो पछि कर्नफमेशन विद्यार्थीहरूलाई नै प्राप्त हुने व्यवस्था गर्नका लागि परराष्ट्र मन्त्रालय मार्फत बंगलादेश सरकारलाई ’कूटनीतिक नोट’ पठाइसकेको, शिक्षा, मन्त्री सुमना श्रेष्ठले बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा भेटघाट गरी उक्त विषयमा छलफल भएको र राजदूतले समस्याका विषयमा बङ्गलादेश सरकार जानकार रहेको र यथाशीघ्र समाधान गर्ने तर्फ सकारात्मक पहल गर्ने जानकारी दिएको समेत मन्त्री सुमनाको सचिवालयले जनाएको छ ।

यसअघि बंगलादेशको डिरेक्टोरेट जेनेरल अफ मेडिकल एजुकेसन (डीजीएमई)ले गएको अप्रिल ३० मा सार्वजनिक गरेको छात्रवृत्तिका विद्यार्थीको सूचीमा नेपालको शिक्षा मन्त्रालयले सिफारिस गरेका मध्येबाट १० जनाको नाम फरक परेको देखिएको थियो ।मन्त्रालयले एमबीबीएसमा १९ र बीडीएसमा तीन गरी २२ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये १० जनाको नाम नभेटिएको र उनीहरूका ठाउँमा केही नयाँ नाम सार्वजनिक गरिएको विद्यार्थीहरूको भनाइ छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top