महाधिवेशन कार्यतालिका प्रभावित भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

Share this
786shares

११ चैत, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ।

Advertisement

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएअनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ।

पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल गर्ने एजेन्डा छ । चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन्।

Advertisement

सोमबार यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका थिए ।

उक्त बैठकमा क्रियाशील सदस्यताबारे अहिलेसम्म भएका प्रगति र समस्याबारे केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी गराएका थिए।

Advertisement

लेखकका अनुसार ६८ जिल्लामा मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणका कामको विवरण इन्ट्री गर्ने काम भइरहेको छ।

बाँकी जिल्लामा क्रियाशील वितरण गर्ने समयावधि थप गर्न लागिएको छ। २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केही समय थप गर्न सक्छ।

कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने भनेको छ। क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top