२३ मंसिर, काठमाडौँ ।
अहिले ११ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ ।
बिहान ९ बजेबाट बसेको बैठक करिब १ घण्टामा सकिएको मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले ११ बजे सर्वदलीय बैठक डाकेका छन् ।
संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।