२० पुष,काठमाण्डौ । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टटलाई बिहीबार पक्राउ गरेको हो। काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताएका छन्। ‘‘टुटल कम्पनी खोल्ने बेला साझेदारहरूबीच सम्मझौता भएको रहेछ।… Continue reading राइड सेयरिङ एप टुटलका संस्थापक किन पक्राउ परे ?