२४ असोज,काठमाण्डौ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त अधिराज्यको वेल्स ब्रेकनस्थित सेनीब्रिज ट्रेनिङ एरियामा सञ्चालन भइरहेको प्रतिस्पर्धात्मक क्याम्ब्रियन पट्रोल अभ्यासमा सहभागीहरूलाई पद तथा प्रमाणपत्र वितरण गरेका छन् । अभ्यासमा नेपाली सेना लगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई आइतबार आयोजित कार्यक्रमबिच पदक तथा प्रमाणपत्र वितरण गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।… Continue reading क्याम्ब्रियन पट्रोल अभ्यासमा नेपाली सेनालाई कास्य