युक्रेनमा रक्षामन्त्री बर्खास्त

१८ भदौ, एजेन्सी । रुससँग डेढ वर्षदेखि युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेका छन् । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए । उनको स्थानमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ । अब रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक… Continue reading युक्रेनमा रक्षामन्त्री बर्खास्त