अक्सिजनमा बिचौलियाको दादागिरी

६ जेठ ७८, शुक्रबार

७ जेठ, काठमाडौँ ।

कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ ।

तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ। तर अस्पतालले १ सय १० सिलिन्डरमात्रै पाउँछ। यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध गराउँछ।

कम्पनीले कोटाअनुसार अक्सिजन नपठाएपछि केही दिनअघि अस्पतालका निर्देशक डा. दिनेश काफ्ले कम्पनीमै पुगेका थिए। सोधपुछ गर्दा कम्पनीले स्थानीयलाई अक्सिजन दिएको बताएको निर्देशक काफ्लेले सुनाए।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार तीनकुनेस्थित डिपोबाटै बिचौलियाले सिलिन्डर उठाउने गरेको पाइएको छ। ‘कम्पनीमा बिचौलियाले दादागिरी देखाउने, डिपोबाट पनि सिलिन्डर उठाउने गरेको सूचना आएको छ’, उनले भने।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top