अध्यक्ष ओली झापा पुगे

७ कात्तिक ७८, आइतबार

७ कार्तिक, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् । नेता प्रभु साह भने झापा गएनन् ।

‘म त बिहानै ७ बजे आएर अरु कार्यक्रममा सहभागी भएर अहिले अध्यक्षलाई स्वागत गर्न एयरपोर्टमा छु’, नेता सुवासचन्द्र नेम्वाङले खबरहबसँग भने, ‘लेखराजजीलगायत आउनुभएको छ, प्रभुजीसँग मेरो कुरा भयो, मैले उहाँलाई काठमाडौँमै रहनुहोस्, हामी यताको कार्यक्रम गरेर आउँछौँ भनेको छु।’

Advertisement

यसअघि नेता साह पनि झापा जाने बताइएको थियो । एमालेको वडा अधिवेसन सकिएको भोलिपल्ट झापा पुगेका ओली तीन दिन प्रदेश १ मा रहने भएका छन् ।

ओलीले अहिले केहिबेरमा बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ।

Advertisement

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले त्यसपछि गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पर्सि ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top