१७ मंसिर, काठमाडौं । अनियमितता गरेको आरोप लागेपछि प्रहरी उपरीक्षकद्वय रामेश्वर यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार उनीहरु तीन जनाले अनियमितता गरेको उजुरी परेकाले छानबिनका लागि निलम्बन गरिएको हो ।
छानबिनको दायरा फराकिलो पार्न उनीहरुलाई निलम्बन गरेको उनले बताएका छन् ।