×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

२२ असार २०८२
२२ असार , काठमाडौं ।
लैङ्गिक अल्पसंख्यक पहिचान अभियानका लागि अमेरिकी सहयोग रोकिएपछि ब्लु डायमन्ड सोसाइटीमा लिङ्ग परिवर्तन गराएर जीवनमै संकट ल्याएको भनि एक पक्षले गम्भीर आक्षेप लगाइएको छ ।
लिङ्ग परिवर्तनका नाममा व्यक्तिको जीवनमै सङ्कट ल्याउने र ब्लु डायमन्डले सञ्चालन गरेको ‘सम्मान गृह’ अर्थात् आश्रय स्थललाई समेत यौन क्रिडास्थल बनाएको भनि घृणित आरोपसम्म लगाइएको छ ।
ब्लु डाइमन्ड सोसाइटीबाट निकालिएका समूहले त्यस्तो गम्भीर आरोप लगाउँदै आएका छन् । अधिकार प्राप्ति र लैङ्गिक अल्पसंख्यका लागि आउने परियोजनाको रकमको समेत पारदर्शिता नभएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
रोचक पक्ष के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘महिला र पुरुष बाहेक केही हुँदैन’ भन्ने नीति लिएपछि लैङ्गिक अल्पसंख्यकको परियोजनाका लागि अमेरिकाले दिने सहयोग रोकिएको छ ।
अमेरिकी सहयोग रोकिए पछि विवाद बाहिर आएको उनीहरुले नै खुलाएका छन् । ब्लु डाइमन्डमा विवाद कसरी भित्रियो भन्ने उदाहरणकी पात्र हुन् नुमा लिम्बु (चञ्चला) । उ
नी लिड नेपाल झापा, दमकमा ब्लु डायमन्ड सोसाइटीले सञ्चालन गर्ने परियोजनाको प्रमुख थिइन् । अमेरिकी सहयोग बन्द भएपछि उनी बेरोजगार बनिन् ।
ब्लु डायमन्डले उनलाई काम दिएन । त्यही बेला लैङ्गिक अल्पसंख्यकको कोटाबाट पहिलो संविधानसभाका सभासद सुनिल बाबु पन्त दमक पुगे ।
उनले ‘अजिमा’ र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र प्रदर्शन गरे । ‘हाम्रै रैथाने संस्कृतिमा पहिचान खोज्ने बेला आएको छ’ पन्तले भनेपछि चञ्चला काठमाडौँ आइन् ।
चञ्चला दमकमा मात्र होइन, काठमाडौंमा पनि कार्यालय राख्न चाहेकी थिइन । समुदायलाई अप्ठ्यारो पर्दा काम लाग्छ भनेर ब्लु डायमन्डका संस्थापक पन्तकै नेतृत्वमा बनेका दुई वटा भवन लाजिम्पाट र धुम्बाराहीमा छन् ।
त्यहाँ चञ्चलालाई कार्यालय राख्न दिइएन । संस्थाकै नाममा टौदहमा ९ रोपनी जग्गा छ, जसको उद्देश्य वृद्धाश्रम खोल्ने थियो । अहिले ट्रान्स मेनहरूले कृषि फार्म सञ्चालन गर्छौँ भन्दा ब्लु डायमन्डका पदाधिकारीहरुले रोकेर राखिदिए पछि यो विवाद सतहमा आएको हो।
पहिलो संविधान सभामा लैङ्गिक अल्पसंख्यक भनेरै सभासद बनेका उनै पन्त संस्थापक रहेको ब्लु डाइमन्ड सोसाइटी यतिखेर आरोप–प्रत्यारोपमा उत्रेको छ ।
तेस्रो लिङ्गि, छक्का, हिजडा’ जस्ता अपहेलित शब्दबाट समाजले नै बहिष्कार गरेकाहरूलाई ‘लैङ्गिक अल्पसंख्यक’ भनि सम्मानजनक शब्दमा समाजमा स्थापित गराउन ब्लु डाइमनको महत्वपूर्ण भूमिका छ ।
ब्लु डाइमन्डका संस्थापक पन्त अहिले अर्को संस्था ‘मायाको पहिचान नेपाल’को कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । लैङ्गिक अल्पसंख्यकहरुको सबै भन्दा पुरानो संस्थाको भाँडभैलो बारे पन्तकै पहलमा स्थापित पहिचानडकमसँग भनेका छन्– ‘हाम्रो मुक्ति भनेको लिङ्ग परिवर्तन गरेर महिला वा पुरुष बन्नु होइन । लैङ्गिक पहिचानलाई असमान्जस्यताको बिरामी भनेर हेर्नु अनुचित हो ।’
पन्तको तर्क छ– ‘जब कोही आफैँलाई बिरामी भन्छ, तब उसले उपचार खोज्न थाल्छ । र, त्यो उपचार भनेको महिला बन्ने या पुरुष बन्ने मानिन्छ, जुन सम्मानजनक होइन ।
प्राकृतिक रूपमा हुर्कँदै जाँदा जुन स्वरूप र भावना विकसित हुन्छ, त्यही स्वीकार गर्न सक्नु मात्रै मुक्ति हो ।’ पन्तले लैङ्गिक अल्पसंख्यकहरूलाई सर्जरी गर्नुहोस्, मेकअप गर्नुहोस्, तर लिङ्ग परिवर्तन गरे मात्रै पहिचान स्थापित हुन्छ भन्ने सोचमा नलाग्नुहोस् भनेर सुझाएका छन् ।
अहिले ब्लु डायमन्ड सोसाइटीले भने लिङ्ग परिवर्तनको सोचलाई प्रवद्र्धन गर्दै लागिरहेकोमा पन्तको गुनासो छ । नेपालमा पहिलो पटक विदेशी चिकित्सकको नेतृत्वमा त्रिवि शिक्षण अस्पताल प्लास्टिक सर्जरी विभागले गत जेठ १३ गते शल्यक्रिया गरी लिङ्ग परिवर्तनमा सफलता हासिल गरेको भनि घोषणा गरेको थियो ।
विभागीय प्रमुख डाक्टर जयनमान श्रेष्ठका अनुसार यस किसिमका शल्यक्रियाहरू बाह्य मुलुकमा सामान्य भए तापनि नेपालमा पहिलो पटक गरिएको बताएका थिए ।
तर नेपालमा लिङ्ग परिवर्तन सम्बन्धि कुनै कानुनी व्यवस्था  भने छैन । नेपालमै लिङ्ग परिवर्तनको सल्यक्रिया सफल भएकोप्रति लैङ्गिक अल्पसंख्यक समुयदायमा काम गरिरहेका संघ÷संस्थाहरूले खुसी व्यक्त गरेका थिए ।
नेपालमा लिङ्ग परिवर्तन सम्बन्धि कानुनी प्रश्न उब्जिरहेको बेला पन्तले पछिल्लो समय पश्चिमा फण्डिङमा यौन अङ्ग परिवर्तनको क्षेत्रमा बढी केन्द्रित भएको बताए ।
‘घरबार विहीन, एचआइभी सङ्क्रमित, प्यारालाइसिस भएका व्यक्तिहरूको अवस्था हेर्दैनन् । तर लिङ्ग सर्जरीका लागि पैसा दिइन्छ, यो कस्तो प्राथमिकता हो ?’
ब्लु डाइमन्डका असन्तुष्ट पक्षद्वारा आइतबार पत्रकार सम्मेलन गरी लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूले आफूहरूले पहिचान खोजिरहेका बेला अर्को पक्षले अस्तित्वमाथि नै खेलबाड गरेको आरोप लगाए ।
उनीहरुले सरकार, मानवअधिकार आयोग र सम्बन्धित ब्लु डाइमन्डलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सामूहिक आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट सहयोग रोकिए पछि नेपालमा गैर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाहरूमा कति गहिरो आर्थिक संकट पैदा भएको छ भन्ने उदाहरण ब्लु डाइमन्ड सोसाइटीको यो विवादले सतहमा ल्याइदिएको छ ।
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top