×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

२२ असार २०८२

२२ असार , काठमाडौं ।

नेपाली राजनीतिमा कुन दल कोसंग गएर कतिबेला मिल्छन् ? उनीहरुको आगामी कदम वा रणनीति कस्तो होला ? कुन कुरामा गएर दलहरुले आफ्नो एजेण्डा नै त्यागिदेलान् ?

Advertisement
Advertisement

करिब करिब सिद्धान्तहिन बनिसकेका नेपाली दलहरुका यी कुरा बुझ्न नेपाली जनतालाई अचेल जति मुश्किल हुने गरेको छ । उती नै विश्वमा हेर्ने हो भने जियो–पोलिटिकल गेम पनि करिब करिब यस्तै देखिएको छ

हुन त जियो–पोलिटिकलको विशेषता नै त्यस्तै हुने गरेको छ । यसै संदर्भमा आज हामी टर्किए र अमेरिकाबीच नयाँ हतियार सम्झौतालाई जोडेर हेर्ने छौं ।

विगतमा जुन टर्किएमाथि अमेरिकाले रूसी एस–४०० एयर डिफेंस सिस्टम किन्दाखेरी प्रतिबन्ध लगाइदिएको थियो, जुन टर्किएलाई अमेरिकाले आफ्नो एफ–३५ फिफ्थ जेनरेशन फाइटर जेट प्रोग्रामबाट धक्का दिएर बाहिर निकालिदिएको थियो, अहिले त्यहि अमेरिका अब एफ–३५ लाई थालमा सजाएर टर्किएलाई दिन लागेको छ ।

तर यसका लागि टर्किएका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानलाई यति भनिएको थियो कि उनले रूसी एस–४०० डिफेंस सिस्टमलाई आफ्नो देशबाट हटाउनु पर्ने छ । यता एर्दोगान पनि तुरुन्तै तयार भए ।

उता नेपालका प्रचण्डलाई पनि डाइनामिक अर्थात गतिशिलता, अझ उथलपुथलमा उछिन्न माहिर डोनाल्ड ट्रम्प अब टर्किएलाई एफ–३५ लडाकू विमान दिनका लागि तयार भएको संकेत गरेका छन् ।

यो सम्झौता गर्न ट्रम्पले तयारी गरेको बुझिएको छ । किनभने टर्किएका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले एक पटक फेरि आफ्नो देशलाई एफ–३५ स्टील्थ फाइटर जेट प्रोग्राममा फिर्ता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

त्यसैबाट अमेरिकाले यो सम्झौता गर्न सक्ने ठानिएको छ । सन २०१९ मा अमेरिकाले टर्किएलाई यो अत्याधुनिक युद्धक विमान परियोजनाबाट बाहिर निकालिदिएको थियो ।

तर अब डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि एर्दोगानले दुवै देशका बीच पुरानो सम्झौता पुनः जीवित हुने ठानेका छन् । अनादोलु स्टेट न्यूज एजेंसीले शनिवार भनेको छ, अजरबैजानबाट फर्किदा एर्दोगानले भने कि मलाई विश्वास छ कि ट्रम्प हामीले गरेको सम्झौताप्रति वफादार रहनेछन् ।

उनले अगाडि भने, मलाई लाग्छ कि उनको कार्यकालमा टर्किएलाई एफ–३५ विमान चरणबद्ध रुपमा दिइने छ“ । यद्यपि उनले सम्झौताका बारेमा अन्य थप जानकारी भने दिएनन् । तर उनले भने, यो कदम “जियो–इकोनोमिक क्रांतिको हिस्सा हो।“

यसअघि अंकारामा वाशिंगटनका दूत टम ब्यारेकले भनेका थिए, यो प्रतिबंध “वर्षको अन्त्यसम्म“ सकिने संभावना छ । यस्तोमा जानकारहरु ठान्दछन् कि डोनाल्ड ट्रम्प सजिलैसंग यो सम्झौताका लागि तयार हुन सक्छन् ।

किनभने यसमा अमेरिकालाई पनि आर्थिक फाइदा छ । अनादोलु एजेंसीले भनेको छ, ट्रम्प र एर्दोगानले आफ्ना शीर्ष कुटनीतिज्ञलाई एफ–३५ अधिग्रहणका लागि बाटो निकाल्न र यसका लागि जारी प्रतिबन्ध समाप्त पार्न निर्देशन दिन सक्नेछन् ।

अधिकारीहरुका अनुसार कंग्रेस अर्थात संसदले यसमा एक बुद्धिमत्तापूर्ण समाधानका लागि समर्थन गर्ने पनि बताएका छन् । मार्चमा एर्दोगानले ट्रम्पसंग एक सम्झौतालाई अन्तिम रुप दिन आवस्यक रहेको बारेमा कुरा गरेका थिए ।

जसले टर्किएलाई अमेरिकी एफ–१६ लडाकू विमान किन्न र एफ–३५ युद्धक विमानहरुको विकास कार्यक्रममा फेरि सहभागि हुन अनुमति दिनेछ ।

एफ–३५ लडाकू विमान कार्यक्रमबाट टर्किएलाई हटाउने कारण थियो, उसले रूसबाट किनेको एस–४०० मिसाइल डिफेंस सिस्टम । अमेरिकाले यसलाई नेटोको सुरक्षाका लागि खतरा भनेको थियो ।

र २०२० मा टर्किएको रक्षा क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । तर एर्दोगानको भनाइ छ कि ट्रम्प प्रशासनका साथ उनको एक “सम्झौता“ भएको थियो र उनलाई विश्वास छ कि ट्रम्प सो सम्झौतामा वफादार रहने छन् ।

खासमा ट्रम्प वाइट हाउस दोस्रो पटक फर्किएपछि टर्किए–अमेरिकी सम्बन्धमा न्यायोपना पनि फर्किदो देखिएको छ । मार्चमा भएको कुराकानीका क्रममा एर्दोगान र ट्रम्पका बीच एफ–१६ फाइटर जेट्सको सम्झौतालाई अन्तिम रुप दिनेबारेमा चर्चा भएको थियो ।

ट्रम्पकै कार्यकालमा अब टर्किए एफ–३५ कन्सोर्टियममा पुनः सामेल हुने प्रयासमा छ । यो सम्झौताका पछाडि एक गहिरो भू–राजनीतिक रणनीति छ । खासमा टर्किएले अमेरिका र रूसका बीच संतुलन बनाउने प्रयास जारी राखेको छ ।

एकातर्फ उसले रूसबाट मिसाइल सिस्टम लिइरहेको छ, अर्कातर्फ उ अमेरिकाबाट पनि एफ–३५ जस्ता विमानहरु किन्ने आशामा छ । यो स्थितिमा नेटोभित्र पनि असमंजस उत्पन्न भएको छ ।

तर ट्रम्प सत्तामा फर्किएपछि समीकरण बदलिएको छ । र टर्किए पनि रुसी एस–४०० एयर डिफेंस सिस्टमलाई हटाउनका लागि तैयार भएको छ । रिपोर्टका अनुसार टर्किए, एस–४०० एयर डिफेंस सिस्टम बेच्ने अमेरिकाको शर्तमा तैयार भएको हो ।

अहिलेसम्म टर्किएले रूसी एयर डिफेंस सिस्टम एस–४०० लाई आफ्नो वायुसेनामा इंटीग्रेट गरेको छैन । रुसले जसरीे एस–४०० लाई प्याक गरेर पठाएको थियो, त्यो टर्किएको एक गोप्य स्थानमा सोही रुपमा रहेको बताइएको छ ।

यस्तोमा अब, टर्किएले यो रूसी सिस्टमलाई कुनै तेस्रो मुलुकलाई बेच्ने सम्भावनामा विचार गरिरहेको छ । तर प्रश्न के उठिरहेको छ भने, के टर्किएले वास्तवमै रूसको यो हाईटेक डिफेंस सिस्टमलाई बेच्न सक्छ ?

यदी यस्तो भयो भने यसले टर्किए–रूस सम्बन्धमा निकै तनाव आउन सक्छ । रूसले एस–४०० सिस्टमलाई बेच्ने समयमा कयौं प्राविधिक शर्तहरु राखेको थियो । जसमा तेस्रो पक्षलाई नबेचिने ग्यारेन्टी पनि सामेल थियो ।

अब यदी टर्किएले यस दिशामा कदम उठायो भने, यो मस्कोलाई सिधा धोका दिएको मानिने छ । कयौं रिपोट्र्समा भनिएको छ कि टर्किएले पाकिस्तानलाई पनि एस–४०० बेच्ने संभावनामा विचार गरिरहेको छ ।

तर यसमा निकै अप्ठ्याराहरु हुनेछन् र यसले यता रूस–भारतको सम्बन्धलाई पनि एक झट्कामा खराब बनाउन सक्छ । किनभने भारतले अहिलेसम्म रुसकै एयर डिफेन्स सिस्टम प्रयोग गरिरहेको छ ।

उ रुसको ठूलो हतियार खरिदकर्ता हो । यस्तोमा आफ्नो शत्रुलाई पनि सोही हतियार दिदा भारतले रुसलाई किचकिच त गर्ने नै भयो । यस्तोमा यो डिलमा भारतले कडा आपत्ति जनाउन सक्छ ।

भारत र टर्किएबीच भने पछिल्लो पटक सम्बन्ध निकै विग्रिएको छ । भारत–पाकिस्तानबीचको ४ दिने युद्धमा टर्किएले खुलेआम पाकिस्तानलाई समर्थन जनाएको थियो ।

टर्किए पहिलो मुलुक थियो जसले पाकिस्तानलाई समर्थन गर्दै आफ्नो दाजुभाइको सम्बन्ध भएको देश भनेको थियो । सो युद्धमा पाकिस्तानले टर्किमा निर्मित कयौं ड्रोनहरुको प्रयोग गरेको थियो ।

यस्तोमा टर्किएले एस ४०० पाकिस्तानलाई बेच्न खोज्नु स्वभाविक पनि हो । तर रुससंग भारतको अहिले पनि घनिष्ठ सम्बन्ध रहेकाले र सो डिफेन्स सिस्टम पनि रुस निर्मित रहेकाले यो सम्झौता रुसले सायदै हुन देला ।

यता पाकिस्तानले पनि पुष्टि गरेको छ कि उसले चीनबाट केजे–५०० सर्भिलान्स एयरक्राफ्ट किन्न लागेको छ । पाकिस्तानले चिनियाँ सर्भिलान्स एयरक्राफ्टलाई त्यो बेला किन्न लागेको हो जतिबेला यसअघि ४ दिने युद्धका क्रममा भारतले उसका तीनमध्ये दुई सर्भिलान्स एयरक्राफ्टलाई खसालेको दाबी गरेको थियो ।

यसका कारण पाकिस्तानको सर्भिलांस क्षमता ७० प्रतिशतले घटेको बताइन्छ । तर अब पाकिस्तानका तर्फबाट चिनियाँ केजे–५०० विमानको अधिग्रहणको पुष्टि भएको छ ।

यसले भारतका लागि एक नयाँ रणनीतिक चुनौती उत्पन्न भएको छ । चीनको दाबी छ कि यो विमान खाली एक निगरानी प्लेटफर्म मात्रै होइन बरु एक ’फ्लाइंग कमांड सेंटर’ पनि हो ।

जसले पाकिस्तानलाई भारतीय वायुसेनाको अपरेशन भन्दा अगाडिको सबै जानकारीहरु प्राप्त गर्न सहयोग गर्नेछ । केजे –५०० एक अत्याधुनिक एयरबोर्न अर्ली वार्निंग सिस्टम हो, जसलाई चीनको शांक्सी एयरक्राफ्ट करपोरेशनले डेभलप गरेको हो ।

यो एयरक्राफ्ट वाइ–९ ट्रांसपोर्ट प्लेटफर्ममा आधारित छ र यसमा एक स्थायी एक्टिभ इलेक्ट्रोनिकल्ली स्क्यान्ड एरी रडार जडित छ । जसले ३६० डिग्री कभरेज दिन्छ ।

यो रडार प्रणाली ४७० किलोमीटर वा त्योभन्दा धेरैको दुरीमा उडिरहेको फाइटर जेट्स पत्ता लगाउनमा सक्षम छ । यदी चीनको दाबी सही हो भने यसको अर्थ हो, कि अब पाकिस्तानले भारतीय एयरस्पेस भित्र गहिराईसम्म नियाल्न सक्न, सुचना संकलन गर्न सक्छ ।

अर्थात लाहोरमै बसेर दिल्लीको एक्सरे गर्न सक्छ । एक केजे–५०० यदि लाहौर आसपास उड्यो भने त्यसले नयाँ दिल्लीसम्मका हवाई गतिविधीहरु ट्रयाक गर्न सक्छ ।

यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement
Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top