×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

२३ असार २०८२
२३ असार , काठमाडौं।
आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो ।
आज विहानदेखि भने काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पोल्ने घाम लागेको छ । तर दिउँसो पानी पर्ने सम्भावना रहेको हो । यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशको एक– दुई स्थानमा भने विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
यसका प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता आवश्यक देखिन्छ ।
कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान रहेकोले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
यसबीच बाढीका कारण भक्तपुर–नाला सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भक्तपुर–नाला सडकखण्डको उक्त स्थानस्थित पुण्यमाता खोलामा राखिएको ह्युमपाइपमाथिको माटो गए राति करिब ९ बजे बाढीले बगाएको हो । त्योसँगै बाटो पूर्ण रूपमा अवरुद्ध र खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
यही असार २० गते राति त्यहाँको पुल भाँचिएको थियो । त्यसपछि अवरुद्ध भएको बाटो ६ ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा खुलाइएको थियो । त्यो ह्युमपाइपमा पनि बाढीले असर गरेको प्रहरीले जनाएको छ ।
उक्त बाटो भक्तपुरको च्यामासिङ र काभ्रेको नाला सडकखण्डअन्तर्गत पर्छ । त्यसलाई काठमाडौं आवतजावत गर्न वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
उता बेनी–दरवाङ सडकखण्ड पनि अवरुद्ध भएको छ । पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ । यस्तै वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ ।
६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top