अपाङ्गता भएका व्यक्तिहरु कोभिडबाट बढी प्रभावित

१५ असोज ७७, शुक्रबार

१६ असोज, काठमाडौं । संसदीय समितिले फरक रुपले सबल अपाङ्गता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड—१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ ।

संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन् ।

Advertisement

तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवद्र्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो ।

वि.स. २०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा कोभिडका कारण त्यो समूह भित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ ।

Advertisement

समितिले कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top