अब जग्गाकाे लालपुर्जा माेबाइलमा, अनलाइनबाटै यसरी हुन्छ नामसारी

काठमाडौं ,फागुन १०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी र मालपोत कार्यालयलाई स्मार्ट बनाउने भएको छ । मन्त्रालयले देशभर रहेका १३१ वटा मालपोत कार्यालयलाई अनलाईन प्रणालीमा लैजाने तयारी गरेको हो ।

काठमाडौंको कंलकी मालपोत कार्यालयलाई स्मार्ट बनाउने तयारी भएको मन्त्री पद्माकुमारी अर्यालले बताइन् । मालपोतमा काम गर्ने कर्मचारी सबै गलत छैनन्, केहि नराम्राले राम्रालाई पनि छोप्न थाल्यो, मन्त्री अर्यालले भनिन्–अब मालपोत र नापी कार्यालय शुद्धीकरण हुन्छ ।

Advertisement

उनले अब जग्गाको कारोबार कागजपत्रमा मात्र सीमित नहुने बताउँदै जग्गाको विवरण मोबाइल र पेनड«ाइभमा उपलब्ध गराउने दाबी गरिन् । मालपोत कार्यालयमा अधिक भ्रष्ट्राचार हुने गरेको गुनासो आएपछि देशभरका १३१ मालपोत कार्यालयमा अनलाइन प्रणाली शुरु गरिएको हो ।

हालसम्म ४३ कार्यालयमा अनलाइन प्रणाली लागू भैसकेको छ । २९ जिल्लाको ४३ कार्यालयमा अनलाइन प्रणाली शुरु गरेको हो । मन्त्रालयले काठमाडौंको चाबहिल, कलंकी, डिल्लीबजार, साँखु, मनमैजु र टोखा कार्यालयमा यो प्रणाली शुरु भएको छ ।

Advertisement

चितवनको भरतपुर, खैरहनी, चनौली र माडी, कास्कीको पोखरा, लेखनाथ, मकवानपुरको हेटौंडा, शिखरकोट, मोरङको विराटनगर रंगेली, बेलबारी, झापाको भद्रपुर दमक, सुनसरीको धरान इनरुवा, स्याङ्जको स्याङ्जा वालिङ, नवलपरासीको परासी कावासेती, बाराको कलैया सिमरा कार्यालयहरुमा सो प्रणालीको सुरुवात भैसकेको छ ।

यसैगरी भक्तपुर, ललितपुर, बाँके, धादिङ, बाग्लुङ, काभ्रे, पर्सा, पाँचथर, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, पर्वत, गोरखा, सप्तरी, उदयपुर, धनुषा, तनहँ, रुपन्देही र सुर्खेतको मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरुवात भैसकेको छ ।

देशैभरीको कार्यालयमा अनलाइन प्रणाली द्रुत गतिमा लागू भैरहेको मन्त्री अर्यालले बताइन् । उनले कर्मचारी अभावको कारण यो प्रणाली छिटो लागू गर्न समस्या भएको बताए ।

कसरी हुन्छ अनलाइन प्रणालीमा जग्गा पास ?

दुई व्यक्तिहरुबीच जग्गा किनबेच हुँदैछ भने बेच्ने व्यक्तिले एउटा फारम भर्नु पर्नेछ । फारममा आफुले बेच्न चाहेको जग्गाको क्षेत्रफल, कित्ता नम्बर, स्थान, किन्ने व्यक्तिको नाम लगायत भरेर बुझाउनु पर्नेछ । यसरी बुझाइएको फारमको आधारमा मालपोत कर्मचारीले एक व्यक्तिको नाममा रहेको जग्गा किन्ने व्यक्तिको नाममा सार्नेछ ।

अनलाइन प्रणालीमा जग्गाको राजश्व बैंकबाटै बुझाउन सकिने मालपोत विभागका कम्प्युटर अधिकृत हिरागोपाल महर्जनले बताए । उनका अनुसार हाल मालपोत कार्यालयले देशैभरिको जमिनलाई कम्युटर प्रणालीमा ल्याउने काम भैरहेको छ ।

कम्प्युटर प्रणालीमा जग्गाको क्षेत्रफल, कित्ता नम्बर जग्गा रहेको स्थानको नाम, व्यक्तिको परिचय खुल्ने विवरण राखिएको हुन्छ । यसमा जग्गाको नक्सा भने नहुने विभागले जनाएको छ । यसरी अनलाईन प्रणालीबाट जग्गा पास गर्दा आर्थिक अनियमितता कम हुने मन्त्रालयले विश्वास लिएको छ ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top