अमेरिकामा देखिएको साल्मनेला ब्याक्टेरियाको संक्रमण कति खतरनाक ?

९ जेष्ठ, एजेन्सी ।
अमेरिकामा कुखुरासहितका पक्षीबाट मानिसमा सर्ने साल्मनेला ब्याक्टेरियाको संक्रमणबाट जोगिनका लागि सचेत रहन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अपील गरेको छ ।

सिडिसीले साल्मनेलाको संक्रमण फैलिन सक्ने भन्दै सावधानीका लागि आफूले पालेका वा अरु कुनै पनि कुखुरा वा सो प्रजातिका जीवित पक्षीलाई चुम्बन नगर्न आग्रह गरेको हो ।

अमेरिकाका ४३ राज्यका १६३ जनामा साल्मनेलाको संक्रमण देखिएपछि सिडिसी र जनस्वास्थ्य अधिकारीहरुले यसको संक्रमणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।

Advertisement

घरपालुवा कुखुरा वा सो प्रजातिका पक्षीबाट साल्मनेलाको संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । सिडिसीले भनेको छ, ‘पक्षीहरुलाई चुम्बन वा काखमा नलिनु होला, यसबाट किटाणु तपाईँको मुख हुँदै संक्रमण फैलिन सक्छ ।’

कुखुरा, हाँससहितका पक्षी स्वस्थ र सफा भए पनि उनीहरुमा साल्मनेला ब्याक्टेरिया हुन सक्ने चेतावनी दिइएको छ । यी पक्षी भएको क्षेत्र तथा उनीहरु डुल्ने क्षेत्रमा ब्याक्टेरियाको संक्रमण सजिलै हुन सक्ने सिडिसीले जनाएको छ ।

Advertisement

साल्मनेलाको संक्रमणका कारण ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने र वान्ता हुने सहितका लक्षण देखिन्छ । यसबाट संक्रमित भएका अधिकांशलाई उपचार बिना नै निको हुन्छ । तर गम्भीर बनेको अवस्थामा संक्रमितको ज्यानै जान सक्ने सिडिसीले जनाएको छ ।

सिडिसीका अनुसार अहिले संक्रमित भएका मध्ये एक तिहाई पाँच वर्ष भन्दा मुनिका छन् । गएको फेब्रुअरी मध्य यता साल्मनेलाबाट संक्रमित भएका मध्ये ३४ जना अस्पताल भर्ना भएका छन् । तर अहिलेसम्म ज्यान भने कसैको पनि गएको छैन ।

सिडिसीले कुखुरा, हाँससहितका पक्षीको सम्पर्कमा आएपछि राम्रोसँग हात धुन र बालबालिकालाई उनीहरुको सम्पर्कबाट पर राख्न सुझाव दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top