भारतमा फेरि अर्को चक्रवातको चेतावनी

९ जेष्ठ, एजेन्सी ।
भारतमा फेरि अर्को समुद्री चक्रवातका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै चेतावनी दिइएको छ।

Advertisement

अरब सागरमा विकास भएर गुजरात, मुम्बईसहितका क्षेत्रमा जनधनको क्षति गरेको ताउ–ते चक्रवात कमजोर भए पनि अर्को चक्रवात यास को खतरा बढेको भारतको मौसम विभागले जनाएको छ।

ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा १०४ जनाको ज्यान गएको छ। मौसम विभागका अनुसार बंगालको खाडीमा विकास हुँदै गरेको चुक्रवात यासका कारण ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रमा जनजीविन प्रभावित हुन सक्ने छ।

Advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा आइतबार राष्ट्रिय विपद व्यवस्थापन विभागका अधिकारीसँग बैठक गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस चक्रवातका कारण मे २६ (जेठ १२ गते) पश्चिम बंगाल र ओडिशाका तटीय क्षेत्रमा ९०–१०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने तथा धेरै क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ।

Advertisement

बंगालको खाडीको मध्य पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्र विकास भइरहेको छ र यसले सोमबारसम्ममा चक्रवाती आँधी यासको स्वरुप लिने छ।

यासको खतरालाई मध्यनजर गरि पश्चिम बंगालका माझीहरुलाई अर्को सूचना नआएसम्मका लागि समुद्रमा नजान भनिएको छ।

यस्तै भारतीय सेनाले पश्चिम बंगाल र ओडिशामा पूर्व तयारी स्वरुप आफ्नो टिम तैनाथ गरेको समाचार संस्था एएनआईले जनाएको छ। यसैबिच बंगालको खाडीमा विकास भएर भारतको पश्चिम बंगालमा प्रभाव पार्ने चक्रवातको असर नेपालमा पनि पर्न सक्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विकास हुँदै गरेको चक्रवातमा निगरानी गरिएको र प्रभाव पर्ने देखिएमा सूचना जारी गरिने छ।

अरु सागरमा भन्दा पश्चिम बंगालमा बनेको चक्रवातको प्रभाव नेपालमा तुलनात्मक रुपमा बढि हुन्छ। ताउ–ते चक्रवातको अप्रत्यक्ष प्रभावका कारण गएको हप्ता केही दिन नेपालको मौसम प्रभावित भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top