अमेरिकासँग एमसीसी संशोधन गर्न पहल गर्छुः प्रस्तावित राजदूत खतिवडा

२७ कात्तिक, काठमाडौँ ।
अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन् । संघीय संसद अन्तरगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताए ।

एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उनले बताए । सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए । अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु¥याएर सहजिकरण गर्न सकिने उनले बताए । उनले भने, ‘‘हिजो म सरकारमा थिए । एमसीसी पास गर्नलाई निर्णायक भूमिकामा हुन्थ्यो । अब परराष्ट्रमन्त्रालयले जे निर्देशन दिन्छ त्यो निर्देशन मात्रै पालना गर्ने तहमा छु । मेरा नीजि विचार होलान तर सरकारको निर्देशन पालना गर्ने हो । व्यक्तिगत भूमिका भन्नुपर्दा यहाँ जे कुराहरु उठेका छन् । केही उपयुक्त कुरापनि उठेका छन् केही फरक कुरा पनि उठेका छन् । हाम्रो बुझाइले फरक भएका कुराहरु बुझाउने काम हुन्छ । त्यसमा स्पष्ट गर्नुपर्ने कुरा गरौँला । उहाँहरुले पनि भन्नुभएका कतिपय कुराहरुमा छलफल गरेर अगाडी बढ्न सकिन्छ भन्नुभएको छ । हाम्रो नेपालमा विकासको मात्र स्वार्थ छ त्यो भन्दा अरु कुनै स्वार्थ छैन भनेर अमेरिकाले भनिरहेको छ । नेपालमा उठेका कुराहरु त्यहाँ लगेर छलफल गरेर यी कुराहरु यस्तो भन्दा उहाँहरुको पनि समझदारी बनाउन सकिन्छ ।’’

Advertisement

अहिले नेपालमा युएसएआडीको पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रि बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताए । आफुविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमि कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफु कमजोर नभएको बताए । २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुी गर्नु सामान्य भएको उनले बताए । उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे । कर प्रणाली लगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उनले भने, ‘‘संसदमा छलफल भएर कर प्रस्तावमा आएका कुराहरुमा प्रयाप्त बहस भएका छन् । कमि छन् भने छानबिन गर्नुपर्छ । संसदीय समितिहरुले हेर्न सक्छन् हेर्न पर्छ । कहिले काँही असल नियतले काम गर्दा गल्ति भएको हुन सक्छ । कहिले नियतै खराव भएर पनि काम गरेको हुन सक्छ । यो पदमा रहँदा मात्र हैन पदपछि व्योहोर्नुपर्ने कुरा हो । मैले गरेको कामको जवाफेहिता मैले लिन्छु । अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदैन ।’’

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको बताए । संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरु प्रदेशमा गएर मन्त्री बनेका छन् भने । उनले प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको बताए । उनले भने, ‘‘कहाँ भूमिका आवश्यक पर्छ त्यहाँ निभाउने हो । राज्यले दिएको जिम्मेवारीमा मेरो प्रोटोकल मिलेन की भन्दा आफुले जे भूमिका निर्वाह गर्न सकिन्छ त्यो भूमिका खोज्ने हो । अमेरिकाको राजदूत हुनका लागि कहिले पनि प्रस्ताव गरेको होइन । सरकारले त्यहाँ सिफरिस गरेको छ । र जाने हो । मैले त्याँ पनि मन्त्री सरह कै प्रोटोकल हुन्छ भनेर सुनेको छ । सिफरिस भयो भने त्यो कुरामा स्पष्ट पनि हुँला ।’’

Advertisement

उनले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रिय हित दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडी बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top