अरबमा टिकट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउँदै

योगेन्द्र योगी
३१ असार, दोहा ।

सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ ।

तर खाडी मुलुकहरुमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरुको कथा भने फरक छ । बिगत केहि बर्षदेखि साउदी अरबमा काम गर्दै आएका नवलपरासीका सिताराम पाण्डे कोरोनाको कारण कम्पनी बन्द भएपछि लामो समय देखि काम बिहिन भएर कोठामा बस्न बाध्य छन् ।

Advertisement

पाण्डेका भनाइ अनुसार स्वदेश फर्कनै पर्ने भएकाले अनलाइन फारम भर्नु पर्ने भनेर साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम पनि भरे नामवालीमा नाम पनि आयो गत जुन १९ मा साउदीको दमामबाट उडान थियो तर के गर्नु आफू संग टिकेट काट्ने पैसा पुगेन ।

उनले भने “मसंग १ हजार साउदी रियाल मात्र थियो टिकेटको लागि मलाई १७४४ रियाल चाहिने थियो जस्तो तसो कम्पनीले खाना दिएपनि टिकेट काट्ने पैसा नभएको कारण अहिले हरेक दिन आकाशमा उड्ने जहाजलाई हेरेर दिन कटाई रहेको छु ।”

Advertisement

दूतावासमा आफूसंग टिकेट काट्ने पैसा नपुगेको जानकारी गराए पनि टिकेट सस्तो भएपछि घर जानु भन्दै दूतावासले फोन राखेको उनले बताए ।

यता, कतारमा पनि खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुकोमा आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतोको समस्या पनि उस्तै छ ।

टिकेट काटेकाहरुको समस्या पनि उस्तै

खाडीमा कोरोना सुरु हुनु भन्दा अघिनै टिकेट काटेर स्वदेश फर्किने तयारीमा रहेको तर कोरोनाको उडान बन्द भएपछि फर्किन नपाएकाहरुको पिडा पनि उस्तै छ ।

मोरङका दुर्गा प्रसाद कोइरालाले पहिले नै घर फर्किन टिकेट काटे तर पछि कोरोना सुरु भएपछि उडान बन्द भयो । तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएकोले अहिले खानाको समस्या हुन थालेको उनले बताए।

उनका अनुसार एक पटक कतारस्थित नेपाली दूतावासमा पुगेर आफ्नो समस्या सुनाएको र दूतावासले हुन्छ पछि हामी आफैले सम्पर्क गर्नेछौँ भनेको थियो अहिलेसम्म सम्पर्क गरेको छैन ।

आफू जस्तै टिकट काटेर बसेका धेरै नेपालीहरु समस्यामा छन् । सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।सरकारले थप गरेको उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान हुदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top