विजयनगरमा फेला परेका १४० वर्ष पुराना सिक्का सङ्ग्रहालयलाई हस्तान्तरण

३० असार ७७, बुधबार

३० असार, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरोन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भाँडोमा राखिएको ५२ थान चाँदीका सिक्का र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको सिक्का सङ्ग्रहालयलाई बुझाइएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

उक्त सिक्का पैसा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रहरी निरिक्षक मधु नेपालको संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । ती सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको बताइएको छ ।

Advertisement

गएको जेष्ठ २० गते बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top