२ मंसिर , काठमाण्डौ ।
एनपीएल एलिमिनेटरमा चितवन राइनोजको विस्फोटक ब्याटिङ, काठमाडौं गोर्खाजविरुद्ध कमिल मिशाराको कीर्तिमानी शतकसँगै चितवनले खडा ग¥यो २०५ रनको विशाल लक्ष्य ।
५३ बलमै शतक पूरा गरेका मिशारा १२० रनमा अविजित रहँदै बने एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी ।

मार्क वाटको ११४ रनको कीर्तिमान तोड्दै मिशाराले रचे नयाँ इतिहास, कप्तान रवि बोपाराको पनि अर्धशतकीय योगदान ।
करण केसीले सुरुवाती दुई बलमै दुई विकेट लिए पनि मिशारा र बोपाराको साझेदारीले चितवनलाई विशाल स्कोरतर्फ पु¥यायो ।
अब २०५ रनको लक्ष्य पछ्याउँदै काठमाडौं फाइनल पुग्ने दौडमा ।
विजयी टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमको सामना गर्नेछ भने पराजित टोली बाहिरिने ।



