अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

३१ जेठ ७५, शुक्रबार

संयुक्त राष्ट्रसंघ, असार १
बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् ।

उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ ।

कडा रुपमा आएको हावा र अविरल वर्षाका कारण ती बालबालिकाको स्वास्थ्य र सुरक्षामा डरलाग्दो स्थिति देखा परेको संयुक्त राष्ट्रसंघको प्रवक्ताले बिहीबार जानकारी दिएका छन्।

Advertisement

बङ्गलादेशको कोक्स बजारमा रहेको म्यानमारका शरणार्थीहरुमा करिब एक लाख बालबालिका मात्र रहेका छन् । उनीहरुको अवस्था सङ्कटमा परेको, बाढी र पानीको जोखिम बढेको बताइएको छ ।

त्यस्तै स्वास्थ्य अधिकारीहरुले पनि पानीजन्य रोगहरुको प्रकोप फैलिन सक्ने भन्दै यहाँका अधिकारीहरुको ध्यानाकर्षण गराएको बताइएको छ ।

Advertisement

म्यानमारका ती रोहिङ्ग्या शरणार्थीका बालबकालिकामध्ये सबैजसोको अवस्था जोखिममा रहेको पाइएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रवक्ता फर्हान हकले समाचार दाताहरुलाई जानकारी दिएका छन् ।

अविरल वर्षाको कारण करिब ९ सय शरणार्थी शिविर, १५ वटा खानेपानी लाइन, युनिसेफले सहयोग गर्दै आएको दुई वटा खाना वितरण केन्द्र लगायत स्वास्थ्य केन्द्र ध्वस्त भएको बताइएको छ ।

गत वर्षको अगस्तबाट म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण करिब ७ लाख म्यानमारका शरणार्थी बङ्गलादेशको कोक्स बजार पुगेका छन् ।

ती मध्ये अझै पनि ६ लाख ७० हजार बङ्गलादेशको कोक्स बजारमा नै रहेका छन् । प्रायः शरणार्थीहरु पहाडी इलाकामा रहेको कुतुपालोङ शिवीरमा बसेका छन् ।

अझै घर फर्किन पाएनन् शरणार्थी

यसैबीच आजभन्दा करिब आठ महिनाअघिदेखि त्यहाँ रहेका उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि कुनै प्रभावकारी काम हुन सकेको छैन ।

गत अक्टोबर महिनामा एक समिति गठन गरिएको र सोही बमोजिम सहमति पनि भए पनि उनीहरु अझै पनि घर फर्किन पाएका छैनन् ।

महिनादिन मात्र अघि ती शरणार्थीहरुको पहिलो लट स्वदेश फर्किएको थियो । स्वदेश फर्किनेको सङ्ख्या ३० हजार मात्र थियो ।

त्यसपछिको अर्काे लट फर्किन पाएको छैन । उनीहरुलाई स्वदेश फर्काउन सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको पाइएको पनि समाचारमा जनाइएको छ ।

विश्वभरबाट म्यानमारका शरणार्थीलाई फिर्तागर्न माग भएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा यस विषयमा सहमति भएको थियो ।

तर औपचारिकरुपमा सो सहमतिको कार्यान्वयन नभएका कारण उनीहरुको स्वदेशफिर्ता हुने चाहना पूरा हुने दिन थप अन्योलग्रस्त हुदैछ ।

म्यानमाली शरणार्थीलाई बङ्गलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति भएको थियो ।

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेका हुन् ।

‘जातीय सफाया’ जस्तै छ– राष्ट्रसंघ

यसैबीच प्राप्त अर्काे एक समाचारमा म्यानमारको राखिन राज्यमा अझै पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारवादीहरुले जनाएका छन् ।

हालैको एक सर्वेक्षणमा उक्त क्षेत्रमा द्वन्द्व अहिले पनि जारी नै रहेको र जसका कारण यहाँका नागरिकमा भोकमरीको अवस्था सृजना भएको समेत बताइएको छ ।

संयुक्त राष्ट्रसंघका एकजना मानवअधिकारवादीले सो जानकारी दिएका छन् । ती अधिकारवादीले राखिनको अवस्था पहिलेकै जस्तो नरहे पनि यहाँका जातीय समुदायका नागरिकमाथिको दमन भने नरोकिएको पाइएको बताएका हुन् ।

सर्वेक्षणका क्रममा उक्त राज्यमा अहिले पनि म्यानमाली नागरिकमाथिको जातीय सफायाको क्रम जारी नै रहेकोे पाइएको समाचारमा जनाइएको छ ।

कोक्स बजारका अधिकांश ती शरणार्थीहरुले आफ्नो जन्मथलोमा अहिले पनि त्यस्तै असुरक्षित अवस्था रहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका छन् ।

उनीहरुमाथि अहिले पनि ज्यादति छ र जसका कारण राखिन राज्यका रोहिङ्ग्या शरणार्थीहरु आफ्नो थतथलोमा फर्किन पाएका छैनन् ।

राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण गत वर्षको अगष्ट २५ देखि ती म्यानमारका शरणार्थीले देश छोड्न सुरु गरेका थिए ।

म्यानमारको सेनाले उनीहरुलाई कारबाही गरेपछि देश छोड्न बाध्य भएका बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top