अशोक दर्जीले पाए २८ लाखको घर

विराटनगर,भदौ ४

चर्चामा रहेका झापा दमकका बाल गायक अशोक दर्जीका लागि सहयोग जुटाएर निर्माण गरिएको घर एक भव्य कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले आज हस्तान्तरण गरेका छन । उद्घाटन् कार्यक्रममा बोल्दै कलाकार आचार्यले लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको बताए ।

Advertisement

दमक चोकमा भएको उद्घाटन् समारोहमा दमक नगर प्रमुख रोमनाथ ओलीले अशोकको चर्चित गीत ‘धनविनाको मन ठूलोकी मन विनाको धन’ गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । चोकको औपचारिक सांगीतिक कार्यक्रमपछि फुलमालाले सजाइएको गाडीमा राखेर अशोकका बुबा, आमा, दिदी र वहिनीहरुलाई ठूलो संख्यामा स्थानीयको साथमा घर भित्र्याउने काम भएको थियो ।

दमक २ स्थित भालुखुँडीको कट्टेल टोलमा गायक तथा संगीतकार टंक बुढाथोकी र उर्लावारीका समाजसेवी पूर्ण वाइवाको अगुवाईमा सहयोग संकलन गरेर घर बनाइएको हो । घडेरी किनेर ४ कोठे इँटाको गाह्रो र टिनको छानो भएको घर समेत गरी निर्माणमा २८ लाख ८५ हजार रुपैयाँ खर्च भएको घर निर्माण समिति कोषाध्यक्ष डीजे रुपकले जानकारी दिए ।

Advertisement

कार्यक्रममा, कलाकार हरिवंश आचार्यका साथै चलचित्र निर्देशक सोभित वस्नेत, लोकगायक एलपी जोशी लगायतले विपन्न परिवारमा भएको प्रतिभाले ठूलो मन भएका नेपालीहरुका कारण सम्मान पाएको उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top