मोरङ जिल्लास्तरीय ब्याच्लर्स कपको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगर ,भदौ ४
नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इञ्जिनियरिङ इकाई कमिटीले आयोजना गरेको मोरङ जिल्लास्तरीय ब्याच्लर्स कपको उपाधि सुकुना बहुमुखी क्याम्पसले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा पथरी बहुमुखी क्याम्पसलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सुकुनाले उपाधि उचालेको हो ।

साउन ३० बाट सञ्चालित खेलमा सुकुना बहुमुखी क्याम्पसले महेन्द्र मोरङ क्याम्पस र पुसेट कलेजलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । पथरी बहुमुखी क्याम्पसले इस्टर्न कलेज, सास्थम कलेज र उर्लाबारी बहुमुखी क्याम्पसलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सोमबार सम्पन्न फाइनल खेलको म्यान अफ द म्याच सुकुनाका मौसम लिम्बू भए । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर पथरीका मनोज गुरुङ, उत्कृष्ट डिफेण्डर सुकुनाका क्याप्टेन महेन्द्र कार्की र प्रतियोगिताभर व्यक्तिगत ७ गोलको योगदान गरेका सुकुनाका सुरेश राई उत्कृष्ट स्कोरर भए ।

Advertisement

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा नेविसंघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्की, पूर्वाञ्चल विश्वविद्यालयका डिपुटी कन्ट्रोलर तेजराज गिरी, इस्टर्न कलेजका प्रिन्सिपल अमित सुराना, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विमल राजभण्डारी, नेपाल तरुण दलका उपाध्यक्ष खेम थापालगायतले विजेताहरुलाई पुरस्कार, प्रमाणपत्र र ट्रफी वितरण गरेको नेविसंघका इस्टर्न कलेजका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top