विराटनगर,भदौ ४
विराटनगर महानगरकाको पहलमा पाइपलाईन बाट जनताको घरदैलोमा ग्यास पु¥याइएको छ ।विराटनगर महानगरपालिका स्थित वार्ड नम्बर १४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्याँस पु¥याएको छ भने वाकी ४८ घरमा यो महिना भित्रै पायप ग्यास क्रमश विस्तार गरिन महानगरपालिकाले जनाएको छ ।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोवरबाट वायोग्याँस उत्पादन गरेर जनताको चुल्होसम्म पाइप ग्यास पुगेको हो । केहीको घरमा ग्याँस बलिसकेको छ भने केहीको घरमा पाइपलाइन पु¥याउने काम भइ रहेको छ ।
विराटनगर महानगरपालिको १२ लाख , विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा समेत गरी नमूना बायो ग्यास पाइपलाइन परियोजना सञ्चालनमा आएको हो । उक्त गौशाला २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौशालाबाट उत्पादित गोवरलाई सदुपयोग गर्न ग्यास उत्पादन सुरु गरिएको र ग्यास उत्पादन गर्न गौशाला क्षेत्रमा २ सय घनमिटर प्लान्ट जडान गरिएको छ ।
आयातीत ग्यासमात्र होइन नेपालमै उत्पादन गर्न सकिने बायो ग्यास पनि घर घरमा पाइपलाइनबाट पु¥याउन सकिन्छ भन्ने कुरा व्यवहारमै प्रयोग गरिएको प्रमुख भीम पराजुली बताए । महानगर भित्र अन्य सम्भावित स्थानमा समेत बायोग्यास उत्पादन गर्न सकिन्छ की भनेर योजना बनाएको पराजुलीको भनाइ छ ।