असोज १ गतेबाट आन्तरिक उडान नखोले तालाचाबी सरकारलाई बुझाइने

१८ भदौ, काठमाडौँ ।
वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ । सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाई छ ।

सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पूरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भएपनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताए । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायुसेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उनले तिव्र असन्तुष्टि जनाए । सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उनको भनाई छ ।

दौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उनले बताए ।

Advertisement

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरेपनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने कि यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न नसकेको उनले बताए । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेको थियो । ४ महिनाको लकडाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन ।

सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । केही समय छोटो दुरीका यातायात खुलेपनि उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top