NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

आइजीपी ज्ञवालीका उतारचढाव : प्यूठानको गाउँदेखि प्रहरी प्रमुखसम्म

मङ्लबार माघ २८ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
आइजीपी ज्ञवालीका उतारचढाव : प्यूठानको गाउँदेखि प्रहरी प्रमुखसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ माघ, काठमाडौँ ।
नेपाल प्रहरीको २७ औँ महानिरीक्षक (आइजीपी)का रुपमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । सर्वेन्द्र खनालले अवकाश पाएपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मध्ये पहिलो नम्बरमा रहेका ज्ञवालीलाई नेपाल सरकारले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । खनालसँगै तीनै जना एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो । ज्ञवाली खनालकै वैकल्पिक ब्याचका प्रहरी अधिकारी हुन् ।

भद्र, कर्तब्यनिष्ठ तथा निडर मानिएका ज्ञवाली प्यूठानको झिम्रुक गाउँपालिका–१ को मध्यमवर्गीय परिवारमा जन्मिएरपनि सानैदेखि प्रहरीप्रति आकर्षित भएका थिए । प्यूठानकै मच्छी हाई स्कुलबाट एसएलसी पास गरेका ज्ञवालीले उच्च शिक्षाका लागि कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर पढ्दैगर्दा प्रहरी सेवामा प्रवेश गरे । परिवारकै पहिलो सदस्यका रुपमा उनी फौजी संगठनमा लागे । प्रहरी हुन्छु भन्ने सपना नदेखिहाले पनि जागिर खाने निहुमा उनी प्रहरीमा भर्ना भए । अन्तत २०४७ साल असार २७ गते प्रहरी निरीक्षकबाट उनले सेवा प्रवेश गरे । ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् ।

एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उनी तीस वर्षे सेवा अवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बन्न पुगेका छन् । प्रहरी महानिरीक्षकको पदमा नियुक्त भएका ज्ञवालीलाई जम्मा पाँच महिनाको कार्यकाल मिलेको छ । यो निकै छोटो अवधिमा उनले संगठनका लागि के कत्ति गर्न सक्छन् भन्ने चासो प्रहरी बृत्तमै देखिन्छ । कुनै पनि संगठनलाई सफलता पुर्वक सञ्चालन गर्न हर एक किसिमले सन्तुलन मिलाउन सक्नु पर्छ । त्यसमाथि प्रहरी संगठन आफैमा विशिष्ट छ । राजनीतिक शक्तिकेन्द्र रिझाउने मामलामा अनुदार मानिएका ज्ञवालीलाई संगठन चलाउन कतिको सकस पर्ने हो त्यो भने अबका दिनले नै देखाउने छन । सायद उनको यहि स्वभावका कारण प्रहरी संगठनमा सधै वैकल्पिक ब्याचमा सिमित रहन पुगे । चाहे सरूवामा होस् वा बढुवामा । सेवा थालेको ११ वर्षमा मात्र डिएसपी बढुवा निस्कियो । एसपी, एसएसपी र डिआइजी बढुवामा पनि ज्ञवालीहरूको ब्याच प्राथमिकतामा नपरी क्रमशः मा परेका थिए । तर उनको कार्यसम्पादन सदैव अब्बल रहने गर्दथ्यो ।

Advertisement

राजनितिक आडभरोस नपाएपनि जहाँ जुन भूमिकामा रहेर काम गरे, प्रहरी संगठनका एक योग्य पात्र हुन् ज्ञवाली । उनले डिएसपी हुँदा बुटवल, रूकुम, अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरे । एसपी भएर कर्मचारी प्रशासन, दाङ, बारा र झापामा काम गरे । एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा खटिए । २०६८ सालमा प्रहरी संगठन सुधार अभियान चलेका बेला प्रहरी उपरीक्षकको रूपमा उनी कर्मचारी प्रशासन प्रमुख थिए । जीरो टलरेन्स, राम्रालाई पुरस्कार, खराबलाई दण्ड, सरूवा–बढुवा निर्देशिका नीति अख्तियार गर्दा उनले प्रशासन शाखामा रहेर सम्झनलायक काम गरेको देखिन्छ । नव नियुक्त आइजिपी ज्ञवालीको कार्यसम्पादनको परीक्षण उनको यो जिम्मेवारी सम्हाल्ने वित्तिकै देखिने छ । किनभने उनले समकक्षीबाट तीन जना एआइजी तुरून्तै नियुक्ति प्रक्रिया थाल्नुपर्ने छ । डिआइजी, एसएसपी र एसपीको बढुवा क्रमशः उनले निकाल्नुपर्ने हुन्छ ।

बढुवामा प्रहरी प्रधान कार्यालय नक्सालको इन्ट्रेष्ट भन्दा पनि राजनीतिक शक्तिकेन्द्रको हैकम बढी चल्ने गरेको सुनिन्छ । सायदै चलखेल विनाको बढुवा प्रक्रिया अहिलेसम्म सम्भव भएको होला । यस अघिका पूर्व प्रहरी प्रमुख खनाल राजनितिक शक्तिसंग जुद्धन नसक्दा ‘निरीह’ देखिएका थिए । उनको यसै निरिहताका कारण पहिलो नम्बरको अधिकृत चौथो नम्बरसम्म पुगेका थिए । यस्तो परिस्थितिमा खरो स्वभावका ज्ञवाली कसरी प्रस्तुत हुन्छन् भन्नेमा धेरैको चासो रहेको छ । शक्तिकेन्द्रको रोजाइमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी पर्दा पहिलो नम्बरका ज्ञवाली चौथोमा धकेलिएका तितो अनुभव पनि उनी आफैसंग छ । बढुवामा अन्याय परेका कतिले त राजिनामा पनि दिएका छन् बाकि रहेका धेरैसंग गुनासोको चाङ छ । ज्ञवालीले बढुवामा परेको अन्यायको घाउमा मल्हम् लगाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनी पुराना दिनमा भएका गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाउछन् । तर भनाई र गराईमा कति एकरुपता उनले देखाउन सक्छन त्यसको लागि केही समय पर्खनु नै पर्ने देखिन्छ ।

ज्ञवालीले उपेन्द्रकान्त अर्यालको सचिवालयमा बसेर पनि काम गरेका थिए । जतिवेला रमेश खरेलहरूको निकै बोलबाला थियो । खरेलहरूको आक्रामक प्रहरी कारबाहीमा ‘कवच’ सम्झिइने अधिकृतमध्ये ज्ञवाली पनि हुन् । तर, अर्याल बिदा भएपछि प्रकाश अर्याल हुँदै खनालसम्म आइपुग्दा न नीति निर्देशिका अनुसार प्रहरी चल्यो । न व्यावसायिक अधिकृतको कार्यसम्पादन मूल्यांकन नै उचित भयो । सरूवा–बढुवामा त मनोमानी चल्न थाल्यो । ज्ञवालीले शक्तिकेन्द्रसँगको सम्बन्ध, सन्तुलन मिलाएर प्रहरी संगठनको मनोबल बढाउने र कर्मचारीका गुनासा सम्बोधन गर्ने मामिलामा आफूलाई कति परिभाषित गर्लान् परीक्षण हुन बाँकी छ । प्रहरी संघीय संरचनामा गएको छैन । यो संरचनामा जाँदा सेवाअवधिको विषय छ । कर्मचारीको समायोजनको पाटो छ । पाँच महिनाभित्र यो कति सम्भव होला नहोला अन्योल छ । अधिकार सम्पन्न संगठन भएपनि राजनितिले हातखुट्टा चलाउनाले पुरानै र अप्ठारो परिस्थितिमा रहेको प्रहरी संगठनका प्रमुखमा नियुक्त भएका छन् ठाकुरप्रसाद ज्ञवाली । जसको कार्यकाल पनि तुलनात्मक रुपमा निकै छोटो देखिन्छ । यस अवधिमा प्रहरी संठनलाई थप उदाहरणीय बनाउदै जनतालाई सुरक्षित, अपजस कम र जस धेरै लिने गरी ज्ञवालीले काम गर्न सकुन हाम्रो शुभकामना ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.