२५ जेठ, काठमाडौं ।
आज (मंगलवार)देखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिँदै छ ।
अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख भेरोसेल खोप उक्त उमेर समूहका नागरिकलाई लगाउन लागिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ गरी देशभर सो उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको छ ।
यसअघि गतवर्ष चीनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप अत्यावश्यक क्षेत्रमा सेवारत कर्मचारी, चीनमा पढ्ने विद्यार्थी र चीनसँग कारोबार गर्ने व्यापारीलाई लगाइएको थियो ।