३१ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।
जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।