विराटनगर,असार ८
आफैं माथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्य धरौटीमा रिहा भएका छन ।
जिल्ला अदालत मोरङको आदेश अनुसार उनी धरौटीमा रिहा भएका हुन । बन्दी प्रत्यक्षिकरण रिटमा जिल्ला अदालत मोरङमा भएको बहसपछि अदालतको आदेश अनुसार उनी ५ हजार धरौटीमा रिहा भएका हुन ।
हातहतियार तथा खरखजाना मुद्धा चलाइएका उनी यसअघि पुर्पक्षकालागि सुनसरीस्थित झुम्का कारागारमा बन्दी जीवन विताईरहेका थिए । २१ दिनको बन्दी जिवनपछि अदालतको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयमा धरौटी रकम बुझाएर उनी शुक्रबार थुनामुक्त भएका हुन ।
जिल्ला प्रशासन कार्यालयबाट बाहिरिंदै गर्दा सञ्चारकर्मीसंग कुराकानी गर्दै निवासाचार्यले आफूलाई नियोजितरुपमा फंसाईएको दाबी गरे । उनले आफु बिरुद्ध पत्रकारहरु समेत परिचालित भएको आरोप लगाएका छन ।
हातहतियार तथा खरखजाना मुद्धा चलाइएका उनी जिल्ला प्रशासन कार्यालय मोरङको आदेशमा जेठ १६ गते कारागार चलान भएका थिए ।