आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

२० मंसिर ७६, शनिबार

२१ मंसिर, काठमाडौँ । 

प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् ।

कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका कुराले उनलाई बिझायो । “आमा ! तपाई यिनलाई एक छाक दिन गाह्रो मान्नुभएको थियो नी, अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् आमा ।”

Advertisement

आमा भए तिर फर्किएर सरस्वतीले भनिन् । नजिकै मनोरोगीलाई सधैँ हेला गर्ने मध्येका एक जिम्बल बा पनि थिए । “जिम्बल बा ! यिनले ढुङ्गामुढा गर्छिन् भनेर डराउनु हुन्थ्यो नी, अब यिनका हातले कहिल्यै ढुङ्गा उठाउन सक्दैन ।” किशोरीको समाजसँग ठूलै गुनासो छ । हामी काम गर्नाको अल्छिले मागेकाहरुलाई खुशी मनले सहयोग गछौँ । दिनभरी माग्यो अनि बेलुका मस्त रक्सी खाएर मात्तिएर सुत्यो, यस्ता पेशेवर माग्नेहरुको बिगबिगी छ सडकमा । तर, त्यही सडकमा पुतली जस्ता वास्तविक बेसहारा, मनोरोगी यत्रतत्र छन् ।

उनीहरुले अकालमा ज्यान गुमाइरहेका दृष्य कहाली लाग्दा छन् । समाजको यस्तै तितो यथार्थलाई बिम्ब बनाएर मानसेवा आश्रमले सामाजिक चेतना वृद्धिमा प्रयोग गरिएको नाटकको यो अन्तिम सम्वाद थियो । सडकमा पुगेका व्यक्तिको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार साँझ काठमाडौँमा सुझाव सङ्कलनको कार्यक्रम थियो । काठमाडौँ महानगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र वडाध्यक्ष सहभागी थिए ।

Advertisement

अग्रभागमा हुनुहुन्थ्यो महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री । कार्यक्रम शुरु हुने चरणमा थियो ।

“तीन दिनदेखि पेटमा अन्नको दानासम्म परेको छैन, ए हजुर केही दिनोस्, ए हजुर ! दिन दःुखीलाई केही सहयोग गर्नुस ।” थोत्रो टोपी र आसकोट लगाएर फोहरी अनुहारमा काम्रो बानेको बैशाखी टेक्दै लाले कचौरा बोकेर माग्दै हलभित्र प्रवेश गरे । अचानक माग्ने आएको दृष्य देखेर सहभागीहरु दङ्ग परे । औपचारिक कार्यक्रममा सन्नाटा छायो । सडकका वास्तविक माग्ने हालभित्र आएको महसुस धेरैले गरे । कलाकारले अतिथिहरुलाई थाहै नदिई नाटक मञ्चन गरेकाले पनि छक्क पर्नु स्वभाविकै भयो ।

एकै छिनमा सडक सफा गर्ने शङ्कर फोहर नगर्न आग्रह गर्दै आइपुगे । सडकमा फोहरको डङ्गुर टुटेको थिएन । नजिकै झुम्म परेर बसेकी एक मनोरोगी महिलालाई लखेट्न खोज्छन् तर सरस्वतीले रोक्छिन् । मागेर कमाएको पैसाले किनेर पिएको रक्सीको नशामा लठ्ठ भएर सडकमा फेरि देखापर्छ लाले । “कोही छ, यो लालेसँग सिङ्गलसिङ्गल भिड्ने, म डन हुँ डन, जसलाई एक हान्छु नी घुमाइदिन्छु फनफन ।”

अघि झुत्रो कपडा लगाएर खान नपाएको भन्दै लुत्रुक्क परेर माग्ने लाले अहिले नशाको तालमा हैकम जमाउँदै निस्कियो । “म देखेपछि त यो शहरै थुरर…र हुन्छ नी, म डन नभएको भए पैसा माग्ने वित्तिकै कसैले झिकेर दिन्थ्यो ?” पुतली सडकमै एक सुरमा थिइन् । पुतलीले आफ्नो माग्ने पेशा चौपट पार्ने डर लालेलाई थियो । त्यसैले उनले पुतलीलाई वरिपरी पर्न दिँदैनथ्यो ।

‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भएँ र…’ गीतको शुरुमा जिम्बल बा आइपुगे । ‘मान्छेको भिडमा खोइ कहाँ छ मान्छे’, भन्दै सारङ्गी भिरेका अर्का मनोरोगी पनि आइपुगे । क्याम्परबाट फर्किएकी सरस्वतीले पुतलीलाई घर लान्छिन् । तर आफ्नी आमाले घरमा राख्न नदिएपछि पुतलीलाई सडकमै फर्काउन विवस भइन् । गर्भवती पुतलीले सहारा नपाउँदा प्रसव पिडा सहन नसकी सडकमै प्राण त्यागिन् । त्यसपछि मात्रै समाजको चेत खुल्छ । यस्तैमा नाटकको अन्त्य हुन्छ ।

कलाकार मनिषा क्षेत्रीको संयोजन र सुवास क्षितिजको निर्देशन रहेको नाटकमा स्वयं क्षेत्री र क्षितिजसहित उर्विन सापकोटा, सानु गुरुङ, गङ्गा थापा, सन्तोष मगर, हरिशरणलगायतको अभिनय छ । नाटक हेरेपछि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख खड्गीले समाजको अवस्थालाई नाट्य रुपान्तरण गरिएको उक्त दृष्यले आफूलाई विगत सम्झाएर भावुक बनाएको बताउनुभयो । महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले नाटकले समाजको जीवन्त चित्र बोलेको प्रतिक्रिया दिनुभयो ।

देशलाई नै बेसहारा विहीन सडक बनाउने लक्ष्य बोकेर अघि बढेको आश्रमले यही नाटक ‘लौरो’लाई देशका पूर्वदेखि पश्चिमसम्म प्रदर्शन गरेर मानवीयताको भाव प्रष्ट्याउने प्रयास गरिरहेको छ । त्यही सिलसिलामा पछिल्लो चरणमा काठमाडौँमा मञ्चन भइरहेको छ ।रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top