×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो

२१ मंसिर २०७६

२१ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाल राष्ट्रिय यू–२३ फुटबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार माल्दिभ्सलाई २–१ ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि बारमा लाग्दै फर्केको थियो ।

Advertisement
Advertisement

१८ औं मिनेटमा माल्दिभ्सले अग्रता लियो । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।२७ औं मिनेटमा हैसम हसानको कर्नरमा अनन्त तामाङको हेडरले गोलरक्षक बिट भएपनि हैसम हसानले गोललाइनबाट उक्त प्रहार क्लियर गरे । त्यसको एक मिनेटमा नै गोलरक्षक विकेश कुथुले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै इब्राहिमलाई अग्रता दोब्बर पार्न दिएनन् । ३१ औं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

३५ औं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् । ४२ औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे ।

त्यसको एक मिनेटमै नेपालले बराबरी गोल गर्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले अग्रता लियो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७० औं मिनेटमा विक्रम लामाको लामो फ्रिकिमा अनन्तको हेडरले गोलरक्षकलाई समस्या दिन सकेन । लगत्तै हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक विकेशले बचाए ।

Advertisement
Advertisement

यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ । नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top