आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालको फार्मेसीका ४ कर्मचारी निष्कासित

९ चैत, ताप्लेजुङ । ताप्लेजुङ अस्पताल व्यवस्थापनले अस्पतालको फार्मेसी कक्षमा कार्यरत चार जना कर्मचारीलाई निष्कासित गरेको छ । उनीहरुमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।

Advertisement

फार्मेसीमा आर्थिक अनियमितता भएकोे विषय बाहिरिएपछि छानबिनका लागि गठित समितिले अनियमितता गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएसँगै चार जना कर्मचारीलाई निष्कासित गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिएका छन् ।

अध्यक्ष मादेनका अनुसार व्यवस्थापन समितिको बैठकले गएको चैत्र २ गते सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराई संयोजक रहेको छानबिन समिति गठन गरेको थियो ।

Advertisement

समितिले फार्मेसीमा अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाए लगत्तै अस्पताल व्यवस्थापन समितिको बैठकले प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको संयोजकत्वमा अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेक थुलुङ सदस्य रहेको पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो ।

Advertisement

निष्कासित कर्मचारीले अब जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न पाउने छैनन् । तर उनीहरुलाई अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने रोक लगाइएको छैन ।

फार्मेसीमा कार्यरत कर्मचारीले डाक्टर लेखेर दिएको बाहेक पनि बिरामीलाई थप औषधि दिने गरेको, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनियमितता गरेकोलगायत आरोप छ ।

अनियमितता गरेको रकमलाई यकिन गरि असुल गर्ने वा नगर्ने भन्ने विषयमा बीमा समितिको छानबिनपछि मात्रै टुङ्गो लाग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top