आर्थिक संकटमा परेको चिडियाखानालाई महानगरको १० लाख सहयोग

५ कात्तिक ७७, बिहीबार

६ कात्तिक, काठमाडौँ ।
ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए । आगामी दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उनले बताए ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका बन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ बन्यजन्तु रहेका छन् ।

Advertisement

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top