Nepal Times
Nepal Times
3
Shares

हरिबंश आचार्य दम्पतीले जिते कोरोना

हरिबंश आचार्य दम्पतीले जिते कोरोना

६ कात्तकि, काठमाडौं ।

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरस स‌क्रमणमुक्त भएका छन् ।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.