NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा

सोमवार जेष्ठ १७ , २०७८
Reading Time: 1 min read
A A
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ जेठ, एजेन्सी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ ।

इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र उनको दल लिकुड पार्टीलाई विपक्षमा पु–याउने छ ।

LS Auto

बेनेट र मुख्य विपक्षी दलका नेता याइर लापिडलाई नयाँ सरकार गठनका सन्दर्भमा अझै पनि केही समस्या छन् । विगत दुई वर्षभित्र चार पटक संसदको निर्वाचन गर्दा समेत सरकार गठनमा जटिलता कायमै छ ।

बेनेटले भने, “मेरा मित्र याइर लापिडसँग मिलेर राष्ट्रिय एकताको सरकार निर्माण गर्ने हाम्रो उद्देश्य छ ताकि ईश्वरको चाहना बमोजिम हामी दुबैले मिलेर देशलाई पुनः सही मार्गमा ल्याउन सक्नेछौं ।”

दुबै नेताले आगामी बुधबारसम्ममा एउटा सम्झौतामा सहमति जुटाउने छन् । यस सम्झौताको केन्द्रमा दुबै नेताले दुई दुई वर्षका लागि आलोपालो इजरायलको प्रधानमन्त्री हुने रहेको छ । बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुने सम्झौतामा उल्लेख छ । लापिडको येस अटिड पार्टीले वार्ता टोलीले आइतबार पनि यस विषयमा छलफल गर्दैछ ।

नेतन्याहूको मन्त्रिमण्डलमा वरिष्ट मन्त्रीको भूमिका निर्वाह गरिसकेका बेनेट पनि प्रधानमन्त्री नेतन्याहूको झैं कठोर नीतिका पक्षधर छन् ।

उनी पश्चिम किनाराको विवादास्पद आवास अभियानका पूर्व नेता पनि हुन्। साथै उनले धार्मिक तथा राष्ट्रवादी यहूदीको प्रतिनिधित्व रहेको एउटा सानो पार्टी गठन गरेका छन् । तर पछिल्लो समय नेतन्याहू र बेनेटबीच व्यक्तिगत तहमा असमझदारी बढेको छ ।

बेनेटले गत मार्च २३ मा सम्पन्न आमनिर्वाचनबाट नेतन्याहूको नेतृत्वमा सरकार गठन हुने कुनै सम्भावना नदेखिएको बताए । उनले अर्को चुनावबाट पनि नतिजामा फेरबदल आउन नसक्ने स्पष्ट गर्दै अब चुनावको चक्र समाप्त गर्नुको विकल्प नरहेको बताए ।

बेनेट र लापिड तथा गठबन्धनका अरु साझेदारबीच कुनै सम्झौता भए कम्तीमा केही समयका लागि भए पनि नेतन्याहू प्रधानमन्त्री पदबाट विस्थापित हुनेछन् । विगत तीन दशकदेखि इजरायली राजनीतिमा नेतन्याहूको गहिरो प्रभाव छ । नेतन्याहूले प्रधानमन्त्रीका रुपमा १२ वर्ष शासन चलाइसकेका छन् ।

टेलिभिजनमा एक सम्बोधन गर्दै नेतन्याहूले बेनेटले इजरायलका दक्षिणपन्थी समुदायको भावनामाथि कुठाराघात गरेको आरोप लगाए । उनले राष्ट्रवादी नेताहरुलाई “बामपन्थी सरकार” मा सामेल नहुन पनि आग्रह गरेका छन् ।

उनले भने, “यस्तो किसिमको सरकार इजरायलको सुरक्षाका लागि खतरा हो, र इजरायल देशकै भविष्यका लागि खतरा हो ।”

सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले १२० सदस्यीय संसद (नेसेट)मा ६१ स्थान प्राप्त गर्नु पर्दछ । दुई वर्षको अवधिमा चार पटक संसदको चुनाव गर्दा समेत कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन् । साना दलको समर्थनमा सरकार गठन गर्नुको विकल्प छैन । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व रहेको छ ।

सबैभन्दा ठूलो पार्टीको नेताको हैसियतमा नेतन्याहूलाई नै सहमतिको सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभलिनले पहिलो अवसर दिएका थिए । तर उनले परम्परागत धार्मिक तथा राष्ट्रवादीको समर्थनमा बहुमत जुटाउने प्रयास गरे पनि त्यो सम्भव भएको छैन ।

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.