चीनमा तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने

१७ जेठ, एजेन्सी ।

Advertisement

चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ। पछिल्लो वर्षहरुमा जन्मदर स्वात्तै घटेपछि चीनले हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो। उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो ।

Advertisement

वैशाख २८ गते सार्वजनिक भएको चिनको पछिल्लो जनगणनाको रिपोर्टअनुसार अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ।

सो तथ्यांकमा चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको देखिएको छ ।

Advertisement

चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ ।

साथै, त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो।

सरकारले तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।

सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो। त्यसअघि जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top