इलाम, फागुन १६
इलाममा आगोले पोलेर एक महिलाको मृत्यु भएका छ । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा उनको मृत्यु भएको हो । माईजोगमाइ ५ की ५५ वर्षीय निरकुमारी राई चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएकी थिईन् ।
उनलाई उपचारका लागी धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । अहिले उनको शव घर फर्काइएको छ । यसैगरी इलाम माईजोगमाई ४ की दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको छ ।
अरिङ्गालको गोला झार्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
राईसँगै उनका छोरा र छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको जनाइएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी जनाएको छ ।