ईपीएलमा बिराटनगर वारियर्सको लगातार दोस्रो जित

४ पुस ७४, बुधबार

५ पुस, काठमाडौं । एभरेष्ट प्रमियर लिग क्रिकेट ईपीएलमा पारस खड्काको टोली बिराटनगर वारियर्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

मंगलबारको खेलमा ललितपुर प्याटि्रयट्सलाई हराएको बिराटनगरले बुधबारको पहिलो खेलमा पोखरा राहिनोजलाई ३ विकेटले पराजित गर्‍यो ।

पोखराले दिएको १२३ रनको लक्ष्य बिराटनगरले दुई बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि ओपनर अंशुमन रथले ६० रनको अर्धशतकीय पारी खेले । १९औं ओभरमा रनआउटको शिकार हुनुअघि रथले ६१ बल खेलेर ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अर्का बिदेशी खेलाडी बाबर हायतले २२ र कप्तान पारस खड्काले ११ रन बनाए । बिराटनगरले १६ अतिरिक्त रन पाएको थियो । पोखराका शुसान भारी र इर्साउल्लाहले २/२ विकेट लिए ।

यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२२ रनको सामान्य योगफल बनाएको थियो । पोखराका लागि राजेश पुलामीले सर्बाधिक ३० रन बनाएका थिए । त्यस्तै इर्साउल्लाहले २१, ओपनर सुनील धमलाले १८ रन बनाए । तेज वली १८ र सौरभ खनाल १६ रनमा अविजित रहे ।

बलिङतर्फ बिराटनगरका कप्तान खड्काले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच बिराटनगरका लागि अर्धशतकीय पारी खेलेका अंशुमन रथ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top