×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सिरहामा पशुपक्षी बीमा प्रभावकारी

५ पुष २०७४

लहान– सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ ।  कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३ सय ९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ ।

आव २०७२/७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा छ । पशुपक्षीको बीमा कार्यक्रमअन्तर्गत चालु आवको साउनदेखि मंसिर सम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बीमा गराएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार सिरहामा पशुतर्फ १ सय ४० गाई, ६६ भैँसी, १ सय ८५ बाख्रा र १२ वटा बँगुरको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने र २५ प्रतिशत किसान स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको प्रमुख डा. यादवको भनाइ छ ।

Advertisement
Advertisement

बीमा कार्यक्रमअन्तर्गत चालु आवको हालसम्ममा पशुतर्फ रु एक करोड ५४ लाख ५८ हजार, पक्षी (कुखुरा)तर्फ रु १३ लाख २३ हजारको बीमा भएको लहानस्थित लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बीमा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top