उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

३१ जेठ ७५, शुक्रबार

नयाँ दिल्ली, असार १

उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् ।

Advertisement

उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका छन् भन्ने बारेमा खोजी सुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।

यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् ।
त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारबिहिन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मणिपुर राज्यमा जारी भारी बर्षाको पछिको बाढीको कारण राजधानी इम्फाललगायत राजधानीसँग जोडिएका जिल्लामा सरकारले विदा दिएको बताइएको छ ।

रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top