३० जेष्ठ, काठमाडौं । शुक्रबार एकै दिन कोरोना संक्रमण हुने अहिलेसम्मकै सवैभन्दा उच्च ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसंगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
नेपालमा अहिलेसम्म ८ सय ७७ जना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।