३ जेठ, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । विभागले हाल पूर्वीमध्ये अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते मा विकसित हुने क्रममा चक्रवातलाई कारण देखाउँदै विभागले उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न र नगराउन अनुरोध गरेको छ ।
विभागका अनुसार सो चत्रवात हाल उत्तर उत्तर–पश्चिम तिर बढ्ने क्रममा रहेको छ । नेपालमा उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नपरेपनि केही असर नेपालका भूभागमा पनि पर्ने सम्भावना रहेको छ ।
साथै चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको विभागले जनाएको छ ।