एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

२४ असोज ७७, आइतबार

२५ आश्विन, काठमाडौं ।
नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् ।

गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पु¥याउने गरेको उनले जानकारी दिए । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

Advertisement

यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटामार्फत वडाको सार्वजनिकस्थल एवं कोरोना सङ्क्रमितका घरघरमा रोप्न ४०० बिरुवा हस्तान्तरण गरिएको छ ।

बल्खु क्षेत्रको भुवनेश्वर मन्दिर वरपरसमेत गुर्जो रोपिने वडा कार्यालयले जनाएको छ । १४ नं वडामा हाल आइसोलेसनमा बसेका ३०० जनालाई गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरस्थित आदर्श पाञ्चायन वाटिकामा रोप्न २०० बिरुवा वितरण गरिएको छ ।

Advertisement

कोरोना सङ्क्रमित भई आइसोलेसनमा बसेका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पनि गुर्जोको बिरुवासँगै चिया एवं धुलोसमेत उपलब्ध गराइएको छ । आचार्यका छोराले कुपण्डोलमा चलाउनुभएको दृग क्याफेमा पुगी हाँस्य कलाकार आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत गरी १०० गुर्जोका बिरुवा वितरण गरिएको छ ।

यसअघि राजधानीका वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । उनले हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको बताएका छन् ।

गुर्जोको बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पु¥याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिएका छन् । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मी राजलवटको प्रतिबद्धता छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मीलगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top