७० वर्ष बढी कैद भुक्तान असुली

२४ असोज ७७, आइतबार

२५ आश्विन, तनहुँ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी रहेका फरार रहेका व्यक्तिलाई पक्राउ गरी उक्त कैद असुली गरेको हो । तनहुँ प्रहरीले करिब साढे तीन महिनाको अवधिमा १७१ जना पक्राउ परेका तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए ।

उनका अनुसार जरिवाना भुक्तान गर्न बाँकी रहेकाबाट रु २४ लाख ५२ हजार जरिवाना असुली गरेको छ ।  चोरी, साइवरक्राइम, बलात्कार, कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, लागुऔषध, बहुविवाह, बैँकिङ कसुरलगायत विभिन्न आपराधिक मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

Advertisement

यसरी पक्राउ परेकालाई जिल्ला अदालतमा पेश गरिएकामा अदालतले कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेकालाई कारागार पठाएको उनले जानकारी दिए । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको छ ।

तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल असारको पहिलो सातामा सरुवा भएर आएपछि असारको दोस्रो सातादेखि यस किसिमको अभियान थालेपछि फरार मुद्दाका व्यक्ति धमाधम पक्राउ पर्न थालेका हुन् । यसरी पक्राउ पर्नेमा २० वर्षदेखिका फरार रहेका व्यक्ति छन् ।

Advertisement

अपराध गर्ने व्यक्ति निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुँदै गएको त्यसलाई अन्त्य गर्न एक किसिमको विशेष टोली नै बनाएर अभियान थालिएको उनले बताए ।

दण्डहीनताको भावाना नहोस् र ढिलै भए पनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश दिन यस अभियानलाई तीव्रता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

त्यसैगरी उक्त अवधिमा मास्क नलगाई अटेर गरी हिँड्डुल गर्ने एक हजार ४०० जनालाई कारवाहीस्वरुप रु १०० जरिवानाका दरले रु एक लाख ४० हजार रकम सङ्कलन भएको उनले बताए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top